+
+
Shares

प्रभु बैंकको नेतृत्वमा सुपर आँखुखोला जलविद्युतको वित्तीय ब्यवस्थापन

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ११ गते १३:४८

११ असोज, काठमाडौं ।प्रभु बैंकको सहबित्तीयकरण नेतृत्वमा २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत आयोजनाको वित्तीय ब्यवस्थापन सम्पन्न भएको छ ।

शुक्रवार सम्पन्न एक कार्यक्रममा कुल लागत रु. ४ अर्ब ५६ करोड को सो आयोजनामा ७५ प्रतिशत अर्थात रु.३ अर्ब ४२ करोड ऋण लगानी गर्न प्रभु बैंक लि.को नेतृत्वमा कर्मचारी संचय कोष र कृषि विकास बैंकले गोरक्ष हाइड्रोपावर प्रालिद्वारा प्रवर्तित उक्त आयोजनासँग ऋण लगानी सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंकले रु.१ अर्ब ८२ करोड, कर्मचारी संचय कोषले रु.८५ करोड र कृषि विकास बैंक लि. ले रु.७५ करोड ऋण लगानी गर्ने सो आयोजनामा कुल लागतको २५ प्रतिशत, रु.१ अर्ब १४ करोड कम्पनीले संस्थापक र सर्वसाधारणबाट पूँजी मार्फत जुटाउनेछ ।

ऋण संझौतामा सहबित्तीयकरण ​नेतृत्व गर्ने प्रभु बैंकको तर्फबाट प्रमुख ब्यापार अधिकृत रेनु प्रसाद पाण्डेय, कर्मचारी संचय कोषका तर्फबाट ट्रेजरी तथा लगानी शाखा प्रमुख अर्जुन कुमार गौतम, कृषि विकास बैंकका तर्फबाट कर्जा लगानी शाखा प्रमुख मिनराज पोखरेल र गोरक्ष हाइड्रोपावर प्रा.लि.का तर्फबाट प्रबन्ध संचालक रघुनाथ पुरीले हस्ताक्षर गरेका हुन् ।

धादिङ्ग जिल्लाको रुबीभ्याली गाउँपालिकामा निर्माणाधिन सो आयोजनाबाट सुख्खायाम ९म्चथ क्भबकयल० मा ४१.६३ गिगावाट आवर र वर्षायाम मा ९६.६३ गिगावाट आवर गरी कुल वार्षिक १३८.२६ गिगावाट आवर विद्युत उत्पादन हुनेछ । कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग टेक अर पेको आधारमा विद्युत खरिद बिक्री संझौता सम्पन्न गरिसकेको छ ।

विद्युतमा आत्मनिर्भर बनाउने नेपाल सरकारको लक्ष्यमा साथ दिंदै विद्युत तथा उर्जा बिकास जस्ता राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउँदै जाने बैँकको लक्ष्य बमोजिम बैँकले देशभर हालसम्म बिभिन्न ४० भन्दा बढी विद्युत आयोजनाहरुमा लगानी गरिसकेको प्रभु बैँक लि.का कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?