
११ असोज, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारदेखि होम क्वारेन्टिनमा बसेका छन् ।
प्रधानसेनापति थापा निवासको भान्छामा कार्यरत एकजना सदस्यमा शनिबार कोरोना पोजेटिभ देखिएपछि उनी होम क्वारेन्टिनमा बसेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको निर्देशिका र मापदण्ड अनुसार स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै प्रधानसेनापति थापा होम क्वारेन्टिनमा बसेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4