+
+
Shares

गोरखाको बाढी प्रभावित क्षेत्रमा काठमाडौंबाट सेनाको हवाई टोली परिचालित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते ९:०५
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बूढीगण्डकी नदीको आकस्मिक बाढीबाट भएको क्षतिको अवस्था बुझ्न काठमाडौंबाट नेपाली सेनाको हवाई र पैदल टोली परिचालित भएको छ।
  • सेनाका प्रवक्ता राजाराम बस्नेतले हेलिकप्टरसहित क्विक रेकी टोली र उद्धार सामग्रीसहितको स्थानीय टोली खटिएको जानकारी दिए।
  • स्थानीयस्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

२५ असोज, काठमाडौं । बूढीगण्डकी नदीमा आकस्मिक बाढीले पुर्‍याएको क्षतिको अवस्था बुझ्न काठमाडौंबाट समेत नेपाली सेनाको टोली परिचालित भएको छ ।

सेनाको हवाई र पैदल टोली प्रभावित क्षेत्रमा परिचालित भएको हो ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले काठमाडौंबाट हेलिकप्टरसहित क्विक रेकी टोली परिचालित भएको र स्थानीय टोली पनि उद्धार सामग्रीसहित खटिएको जानकारी दिए ।

सेनाको टोलीले वस्तुगत अवस्था बुझ्दै उद्धार तथा राहतका काममा पनि सक्रिय हुने बताइएको छ ।

स्थानीयस्तरमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?