+
+
Shares

बूढीगण्डकीमा आकस्मिक बाढी आएपछि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते ८:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएपछि स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय बनाइएको छ।
  • स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, आकस्मिक उपचार र सहायताका लागि तयारी तथा समन्वय गरिरहेको जनाएको छ।
  • मन्त्रालयले जोखिममा रहेका नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन र सहयोगका लागि १११५ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

२५ असोज, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएपछि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय बनाइएको छ । स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा १११५ नम्बरमा सम्पर्क पनि भनिएको छ ।

नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय बनाइएको हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्यसम्बन्धी सहायता उपलब्ध गराउने तयारी र समन्वयका लागि केन्द्र सक्रिय गरिएको जनाएको छ ।

मन्त्रालयले बूढीगण्डकी नदीसहित जोखिममा रहेका नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

साथै, जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान र सम्भावित विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, आकस्मिक उपचार वा अन्य स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा नि:शुल्क हटलाइन नम्बर १११५ नम्बरमा सम्पर्क गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?