सांकेतिक फोटो
३ असार, प्युठान । प्युठानको नौबहिनी गाउँपालिका–५ काँटेमा विद्यालयबाट घर फर्कने क्रममा भेलले बगाएका दाजुभाइ नै मृत फेला परेका छन् ।
मंगलबार दिउँसो आएको आकस्मिक भेलमा परेका स्थानीय मिलन खत्री र बिमल खत्रीको शव फेला परेको प्रहरीले जनाएको छ ।
जनता प्राथमिक विद्यालय, काँटेमा कक्षा १ मा अध्ययनरत बिमल खत्रीको शव घटनास्थल जोगीपँधेरामै भेटिएको छ । उनका दाइ, सोही विद्यालयमा कक्षा ३ मा अध्ययनरत मिलन खत्रीको शव घटनास्थलबाट करिब एक किलोमिटर तल खोलामा फेला परेको स्थानीयले बताएका छन् ।
भेलले बगाएको सूचना प्राप्त हुनासाथ स्थानीय बासिन्दा र प्रहरी संयुक्त रूपमा खोजी तथा उद्धारमा खटिएका थिए ।
विद्यालयबाट घर फर्किरहेका बेला वर्षापछि एक्कासि आएको बर्खे भेलमा उनीहरू परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4