+
+
Shares

बेलायतमा गस्ती अभ्यासमा नेपाली सेनाले लगातार तेस्रो वर्ष स्वर्ण पदक जित्यो

३५ राष्ट्रका १३० वटा अन्तर्राष्ट्रिय टोली सहभागी उक्त अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते २१:१७

२२ असोज, लन्डन ।  नेपाली सेनाको टोलीले संयुक्त अधिराज्य (बेलायत) को वेल्स, ब्रेकनमा सञ्चालन भएको क्याम्ब्रियन पट्रोल एक्सरसाइज (गस्ती अभ्यास) मा  तेस्रो वर्ष पनि स्वर्ण पदक प्राप्त गरेको छ ।

३५ राष्ट्रका १३० वटा अन्तर्राष्ट्रिय टोली सहभागी उक्त अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको हो ।

निकै कठोर मानिने यो अभ्यासमा नेपाली सेनाले सन् २०२४ देखि लगातार तीन वर्ष स्वर्ण पदक जित्न सफल भएको लन्डनस्थित नेपाली राजदूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाहले जनाए ।

उक्त अभ्यास बेलायती सेनाको गस्तीसम्बन्धी प्रमुख अभ्यास मानिन्छ । यसको आयोजना ‘मुख्यालय १६०औँ (वेल्स) ब्रिगेड’ ले गरेको हो ।

टिम म्यानेजर लेफ्टीनेन्ट कर्णेल निश्चल पाठक र पट्रोल कमाण्डर लेफ्टीनेन्ट प्रवीण पाण्डेको नेतृत्वमा नेपाली सेनाको १० सदस्यीय टोली अहिले बेलायतमा छ ।

सन् १९६० देखि वार्षिक रूपमा सञ्चालन हुँदैआएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ ।

यस अभ्यासमा नेपाली सेनाले वर्षेनी उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो नाम अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गरेको छ ।

गत वर्ष नेपाली सेनाले स्वर्ण पदक जितेको थियो । उक्त अभ्यासमा गत वर्ष कुल ११७ टिम (३३ देशबाट ३५ अन्तर्राष्ट्रिय टिम समेत) सहभागी थिए ।

अघिल्लो वर्ष २०२४ मा पनि क्याम्ब्रियन गस्ती अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको थियो । उक्त अभ्यासमा कुल १२१ टिममध्ये ३६ देशका ३८ अन्तर्राष्ट्रिय टोली सहभागी थिए ।

यसअघि सन् २०१७ र २०१९ मा समेत नेपाली सेनाले स्वर्ण पदक जितेको थियो ।

यो अभ्यासमा मानसिक र शारीरिक चुनौती सामना गर्नुपर्ने ब्रिटिश आर्मीको भनाइ छ ।

अभ्यासमा सहभागी टोलीको लडाईं तयारी, खबर संकलन, घाइते–बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ ।

८ चरणमा विभाजित हुने अभ्यासमा ४८ घण्टाभित्र हतियार तथा करिब ७० पौण्ड (३२ केजी तौल) बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित ६० किलोमिटर दूरी पार गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?