Comments Add Comment

एक महिनामा ४४ अर्बले बढ्यो सेयर बजारको पुँजीकरण

११ असोज, काठमाडौं । एक महिनामा ४४ अर्ब ३ करोड रुपैयाँले सेयर बजारको पुँजीकरण बढेकेा छ । नेपाल राष्ट्र बैंकले दिएको तथ्यांकअनुसार साउन महिनामामात्रै ४४ अर्ब ३ करोड रुपैयाँले सेयर बजारको पुँजीकरण वृद्धि भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ को अन्तिम महिना असार मसान्तसम्म ससेयर बजारको पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो । योढेर साउन आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना साउन मसान्तमा १८ खर्ब ३६ अर्ब ७९ करोड पुगेको राष्ट्र बैंकले बताएको छ ।

सेयर बजारको पुँजीकरणमात्रै होइन सेयर कारोबार मापक नेप्से परिसूचकमा समेत सुधार आएको छ । एक महिनाको अवधिमा २९ अंकले नेप्से परिसूचक बढेको हो । असार मसान्तमा १ हजार ३ सय ६२ दशमलव ४ रहेको नेप्से परिसूचक २०७६ साउन मसान्तमा १ हजार २ सय २४ विन्दु रहेको नेप्से सूचकाङ्क २०७७ साउनमा १ हजार ३ सय ९१ दशमलव ५ पुगेको छ ।

यसैगरी २०७७ साउनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०८ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ५ अन्य समूहका रहेका छन्। २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको सेयर बजार बजार पुँंजीकरणको हिस्सा ७८.३ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ५.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.५ प्रतिशत, होटेलको हिस्सा १.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ११.६ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ साउनसम्ममा सूचीकृत ४ अर्ब ८३ करोड शेयरको चुक्ता मूल्य रु.४७३ अर्ब ८८ करोड रहेको छ । आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा रु.२ अर्ब ९३ करोड बराबरको बोनस शेयर, रु.२ अर्ब बराबरको डिबेन्चर र रु.१ अर्ब २२ करोड बराबरको साधारण शेयर गरी कुल रु.६ अर्ब १५ करोड बराबरको थप सेयर बजार सूचीकृत भएका छन् । यस अवधिमा नेपाल सेयर बजार बोर्डले रु. ६३ करोड ८६ लाख बराबरको साधारण शेयर निष्काशन गर्न अनुमति दिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment