Comments Add Comment

नार्कको कार्यकारी निर्देशकमा दीपक भण्डारी नियुक्त, इजरायललाई बागवानी केन्द्र खोल्न स्वीकृति

११ असोज, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारी नियुक्त भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई कृषि मन्त्रालयको सिफारिसमा कार्यकारी निर्देशक नियुक्त गरेको हो । डा. भण्डारी यसअघि नार्कको उपनिर्देशक थिए ।

यो पद तीन वर्षदेखि रिक्त थियो । सिफारिस समितिको सिफारिसका आधारमा भण्डारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

त्यसैगरी आइतबारको मन्त्रिपरिषद बैठकले सातै वटा प्रदेशमा इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापनाका लागि एमओयू गर्ने निर्णय गरेको छ ।

इजरायलले नेपालमा निर्माण गर्न लागेको वागवानी केन्द्रको स्थापनाका लागि एमओयू गर्ने अधिकार इजरायलका लागि नेपाली राजदूतलाई दिने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

यो निर्णयको कार्यान्वयन कृषि मन्त्रालयले गर्ने आइतबारको क्याबिनेटले निर्णय गरेको एक मन्त्रीले बताए ।

नेपालस्थित इजरायली दूताबासले केहीवर्ष यता कृषि क्षेत्रमा सहयोग गर्ने आश्वासन दिँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment