+
+
WC Series
Nepal
14/0 (1.4)
VS
UAE
0/0
Shares

जलवायुमैत्री पशुपालन प्रविधि विकासमा जोड

तीन दिनसम्म चल्ने कार्यशालामा पशु र मत्स्य क्षेत्रका ६७ कार्यपत्र प्रस्तुत गरिनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १७:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर खुमलटारमा १४औं राष्ट्रिय पशु तथा मत्स्य अनुसन्धान कार्यशाला सुरु भएको छ।
  • कार्यशालाको उद्घाटन नार्कका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिम्सिनाले गरे।
  • कार्यशालामा ६७ कार्यपत्र प्रस्तुत गरिने र तीन दिनसम्म चल्ने जानकारी दिइएको छ।

७ वैशाख, काठमाडौं । ललितपुर खुमलटारमा १४औं राष्ट्रिय पशु तथा मत्स्य अनुसन्धान कार्यशाला सुरु भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले आयोजना गरेको कार्यशाला उद्घाटन कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिम्सिनाले गरे ।

डा. तिम्सिनाले समयको माग अनुसार पशुपालन प्रविधि र स्रोतको भरपूर उपयोग गर्नुपर्ने बताए । अनुसन्धान र प्रविधि विस्तारका लागि सबै संस्थाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

परिषद्ले हाल प्रतिफल लक्षित रणनीति र योजना तयार गरिरहेको जानकारी उनले दिए । डा. तिम्सिनाका अनुसार आगामी वर्षदेखि प्रत्येक प्रदेशका १० पालिकामा अनुसन्धान सहकार्य विस्तार गरिने छ । कृषि प्रविधि अपनाउने कृषकले सहुलियतपूर्ण ऋण पाउने व्यवस्था भएको उनले बताए ।

जलवायुमैत्री प्रविधि, रोग रोकथाम र पशुपालनलाई उद्योगसँग जोड्नुपर्नेमा उनको जोड छ ।

त्यस्तै हेफर इन्टरनेसनलल नेपालका निर्देशक डा. केशव साहले परिषद्सँगको सहकार्य फलदायी रहेको बताए । हेफरले ५० जिल्लाका ५ लाख किसानसँग उद्यमशीलता विकासमा काम गरिरहेको उनले जानकारी दिए ।

अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थाकी निर्देशक डा. मनोहरा खड्काले खाद्य प्रणाली सबल बनाउन जलस्रोत उपयोगमा सहकार्य गर्ने प्रतिबद्धता जनाइन् ।

कार्यशालामा डा. निना गोरखाली, भारतका डा. सउमेन नस्कर, डा. विष्णुराज उप्रेती र क्यानाडाका डा. द्रोणप्रकाश रसालीले मुख्य प्रस्तुति दिए । उनीहरूले पशुपन्छी अनुसन्धान, लैंगिक पृथकीकरण र नीतिगत मार्गचित्रबारे चर्चा गरे ।

यस्तै प्रा. डा. नवराज देवकोटा, डा. चेतराज उप्रेती र बंगलादेशका डा. मन्जुरुल करिमले पशु आहारा र दिगो मत्स्यपालनबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र प्रमुख डा. कालिकाप्रसाद उपाध्यायका अनुसार कार्यशालामा विभिन्न सरकारी, अन्तर्राष्ट्रिय संस्था, विश्वविद्यालयका प्रतिनिधि र वैज्ञानिकहरूको सहभागिता छ ।

तीन दिनसम्म चल्ने कार्यशालामा पशु र मत्स्य क्षेत्रका ६७ कार्यपत्र प्रस्तुत गरिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?