
११ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर टेष्ट गरेर मात्र परीक्षामा सहभागी गराउने निजी मेडिकल कलेजहरुको निर्णय कार्यान्वयन नगर्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमका अनुसार पछिल्लो समय निजी मेडिकल कलेजहरुले परीक्षामा सहभागी हुन पीसीआर टेष्ट अनिवार्य गरेको खबर आएको छ । उनले भनेका छन्, ‘यो निर्णयलाई बैज्ञानिक आधारले पुष्टि गर्दैन ।’
लक्षण भएका, संक्रमितको सम्पर्कमा आएकाहरु, फ्रान्टलाइनमा काम गर्ने लगायतका सरकारले तोकेको मापदण्डभन्दा बाहिरको मानिसहरुलाई टेष्ट गराउनु गलत भएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4