Comments Add Comment

कर्णालीमा थपिए ४५ कोरोना संक्रमित

११ असोज, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णालीमा थप ४५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा आइतबार ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै ३३ जना संक्रमित भएका छन् । जसमा ९ जना कर्मचारी, ३ जना सुरक्षाकर्मी, २/२ जना स्वास्थ्यकर्मी र शिक्षक र एकजना गैर-सरकारी संस्थाका कर्मचारीसमेत रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

त्यस्तै सल्यानका ५ जना, दैलेख र जाजरकोटका एक/एकजना र अन्य प्रदेशका ५ जना रहेको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३४०९ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार आइतबार प्रदेशमा थप १७ जना डिस्चार्ज भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २८२७ पुगेको छ ।

प्रदेशभर हालसम्मा ४९९ जना कोरोनाका सक्रिय संक्रमित रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जानकारी दिए । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment