Comments Add Comment

अस्मिताको सुरुवात’

गायिका अस्मिता परियारको स्वरमा रहेको ‘सुरुवात’ बोलको गीत सार्बजनिक गरिएको छ । प्रतिमा श्रेष्ठको शब्द रचना रहेको गीतमा अनिल शाहीको संगीत तथा संगीत संयोजन छ । गीतका शब्दहरुले प्रेमको अभिव्यक्ति प्रकट गरेका छन् । भिडियोमा अस्मिता आफैले अभिनय पनि गरेकी छिन् ।

गीतको भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र शान थापाको निर्देशन छ ।

गायिका अस्मिता परियारले ललित कला नेपाल एकेडेमीमा संगितको अध्ययन गरिरहेकी छिन् । उनले, श्रोता तथा दर्शकमाझ मिठा गीतसंगीत पस्कने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment