Comments Add Comment

कोलम्बियामा ८ लाख नाघे कोरोना संक्रमित, २५ हजारभन्दा बढीको मृत्यु

११ असोज, काठमाडौं । कोलम्बियामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ८ लाख नाघेको छ । लकडाउन खुकुलो पारेको एक महिनामा कोलम्बियामा कोरोना संक्रमितको संख्यामा भने उल्लेख्य वृद्धि भएको हो । कोलम्बियाको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म कोलम्बियामा कोरोनाबाट संक्रमित हुनेको संख्या आठ लाख ६ हजार ३८ पुगेको छ । त्यस्तै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि २५ हजार २९६ पुगेको छ ।

अहिले कोलम्बियामा ७८ हजार ९५६ संक्रमित निको हुन बाँकी छन् । कोलम्बियाले मार्चमा लकडाउन सुरु गरेको थियो । पाँच महिनापछि कोलम्बियाले लकडाउन खुकुलो पार्ने निर्णय गरेको थियो । यद्यपि कन्सर्ट र अन्य ठूला कार्यक्रमहरुमाथिको प्रतिबन्ध भने कायम राखिएको छ । साथै स्थल र जल सीमा भने अझै पनि बन्द छन् । कोरोना भाइरसको संक्रमणसँगै कोलम्बियाको स्वास्थ्य प्रणालीमाथिको दबाव पनि बढेको छ । राजधानी सहर बोगोटामा अहिले आधा आईसीयू कक्षहरु कोरोना संक्रमित बिरामीहरुले भरिसकेको स्थानीय स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment