Comments Add Comment

१५७३ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

११ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । उनीहरुमध्ये ४७७ जनाको मृत्यु भएको छ भने ५३ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८८५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरमा सक्रिय संक्रमितको संख्या १९ हजार १९ छ । उनीहरुमध्ये २२५ जना आईसीयू र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । १० हजार ६९८ जना होम आइसोलेसनमा छन् ।

थप ११ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु पुष्टि भएको छ । काठमाडौंका तीन, ललितपुरका दुई तथा झापा, बाँके, बारा, रुपन्देही, बर्दिया र अछामको मृत्यु भएको हो ।

  • न्यूरोड, काठमाडौंका ६२ वर्षीय पुरुषको ग्राण्डी अस्पतालमा मृत्यु भएको छ । भदौ २६ गते अस्पताल भर्ना भएका उनलाई कोरोना भाएको २९ गते पुष्टि भएको थियो ।
  • बिहीबार घरमै मृत्यु भएका खुसिबु, काठमाडौंका ६१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
  • काठामाडौंकी ५० वर्षीया महिलाको त्रिवि शिक्षण अस्पतालमा आइतबार मृत्यु भएको छ । भदौ ३० गते अस्पताल भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको त्यही दिन पुष्टि भएको थियो ।
  • धोबिघाट, ललितपुरका ७७ वर्षीय पुरुषको शनिबार ग्राण्डी अस्पतालमा मृत्यु भएको छ । ३० भदौमा अस्पताल भर्ना भएका उनलाई कोरोना भएको ९ असोजमा पुष्टि भएको थियो । उनी उच्च रक्तचाप र मधुमेहका विरामी थिए ।
  • सातदोबाटो, ललितपुरका ४२ वर्षीय पुरुषको बयोधा अस्पतालमा मृत्यु भएको छ । कोरोना संक्रमणपछि स्वासप्रश्वासको समस्या भएका उनी ५ असोजमा अस्पताल भर्ना भएका थिए ।
  • कनकाई नगरपालिका-९, झापाका ४७ वर्षीय पुरुषको शनिबार कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मृत्यु भएको छ । ज्वरो आउने लगायतका कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब दिएका उनी कोरोना संक्रमण पुष्टि भएपछि शनिबार अस्पताल भर्ना भएका थिए ।
  • नेपालगञ्ज उपमहानगरपालिका-९, बाँकेका ४७ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ । अस्पतालकै प्रशासनीक फाँटमा कार्यरत उनलाई भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

बाराका २० वर्षीय पुरुष, रुपन्देहीका ७२ वर्षीय पुरुष, बर्दियाका ६३ वर्षीय पुरुष र अछामका ३४ वर्षीय पुरुषको पनि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment