+
+
Shares

ललितपुर र प्युठानमा करेन्ट लागेर २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १२ गते १९:१६

१२ असोज, काठमाडौं । ललितपुर र प्युठानमा करेन्ट लागेर सोमबार दुई जनाको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका-२३ धापाखेल डाउनटाउन बस्ने मानबहादुर केसीको घरको बाहिरी भागमा टायल राख्ने क्रममा करेन्ट लाग्दा सोही ठाउँ बस्ने बाराको देवताल गाउँपालिका घर भएका ४० वर्षीय नगेन्द्र महतोको मृत्यु भएको हो । घरको बाहिरपट्टी टायल राख्ने क्रममा बाँधेको खटको बाँसले हाइटेन्सन लाइनमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि सुमेरु अस्पताल धापाखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी प्युठानको स्वर्गद्वारी नगरपालिका-३ उपल्लो भिंगृमा करेन्ट लागेर १६ वर्षीया श्रेया नेपालीको सोमबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा कपडामा आइरन लगाउने क्रममा अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् । प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?