Comments Add Comment

ड्रग्स पेडलरसँग दीपिका, श्रद्धा र साराको कनेक्शन भेटिएन

नारकोटिक्स कन्ट्रोल ब्यूरोले नायिकात्रय दीपिका पादुकोण, श्रद्धा कपुर र साराअली खानको सम्बन्ध कुनै पनि ड्रग पेडलरसँग नरहेको उल्लेख गरेको छ । भारतीय मिडियाका अनुसार, सोधपुछका क्रममा तीन नायिकाको मोबाइल फोन समेत जफत गरिएको थियो । तर, मोबाइल फोनको जाँचका क्रममा तीन नायिका र अवैध रुपमा ड्रग्सको धन्दा गर्ने गिरोहसँग  कुनै पनि कनेक्शन पुष्टी हुन सकेको छैन ।

एनसीबीसँगको बयानका क्रममा तीनै जना नायिकाले आफूहरुले ड्रग्सको सेवन नगरेको बताएका थिए । भारतीय मिडियाका अनुसार, यदि छानविनको क्रममा कुनै बलियो प्रमाण भेटिएको खण्डमा मात्र फेरि यी तीन नायिकाहरुसँग एनसीबीले सोधपुछ गर्नेछ ।

एनसीबीले नायिका दीपिका पादुकोणलाई म्यानेजर करिश्मा प्रकाशसँगको च्याटको बिषयमा सोधपुछ गरेको थियो । दीपिकाले आफूले चुरोटको बिषयमा कुरा गरेको तर ड्रग्स सेवन नगरेको बयान दिएकी थिइन् । यस्तै, नायिका श्रद्धा कपुरसँग भारतमा प्रतिवन्धित सीबीडी ओइलको बिषयमा सोधिएको थियो । श्रद्धाले उक्त प्रतिबन्धित ड्रग्स व्यक्तिगत प्रयोजनका लागि नभई मेडिकल प्रयोजनका लागि मगाएको बयान दिएकी थिइन् ।

एनसीबीले नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडका धेरै कलाकारलाई ड्रग्सको छानबिनको दायरामा ल्याएको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलाई ड्रग्सकै मुद्दामा जेलमा राखेर एनसीबीले सोधपुछ गरिरहेको छ । रियालाई अक्टुबर ६ तारिखसम्म जेलमा राख्न अदालतले आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment