Comments Add Comment

वालिङमा बालुवा झिक्ने क्रममा पुरिएर एकजनाको मृत्यु

१३ असोज, वालिङ । बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा मंगलबार एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वालिङ-११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ । बालुवा निकाल्ने क्रममा मंगलबार बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको गह्रौँ प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्रप्रसाद भट्टराईले बताए ।

उनीसँगै बालुवा निकाल्ने क्रममा स्थानीयवासी ३५ वर्षीया मुना थापा र ३१ वर्षीया नारायणी सिञ्जाली घाइते भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment