Comments Add Comment

लकडाउनमा थरीथरी दम्पती : कोही झगडालु, कोही रोमान्टिक

कोरोनाको भय, लकडाउन र निशेषाज्ञाका कारण अधिकांश दम्पती घरभित्रै बसे । कतिका लागि यो बसाई निकै रोमाञ्चक रह्यो भने कतिका लागि उकुसमुकुस । कति दम्पतीले एकसाथ बस्न पाउँदाको आनन्द लिए भने कति दम्पतीले भने सम्बन्ध अरु बिगारे ।

कोरोना भाइरसले विश्वभरि नै लकडाउनको परिस्थिति निम्त्यायो । नेपालीहरू पनि झण्डै ६ महिना यही स्थितिमा गुज्रिनु प¥यो । धेरै मानिसहरूले यस अवधिमा धेरै नयाँ कुराको अनुभव गर्न पाए भने कतिपयको लागि यो पारिवारिक झण्झटको कारण पनि बन्यो ।

लकडाउनको समयमा विवाहित र लिविङ टुगेदरमा बस्ने जोडीहरू समेत प्रभावित भएको देख्न सकिन्छ । दुई जनाको रोजाइ, आवश्यकता र व्यवहारका आधारमा कसैको यो लकडाउनको समयमा सम्बन्ध सुमधुर बन्यो भने कसैको दुखद् ।

लकडाउनमा दम्पतीबीच विभिन्न विषयमा वैमनस्यता कायम भएका उदाहरणहरू देख्न सकिन्छ । कतिको सम्बन्धमा दरार सिर्जना भएको गुनासो त कतिपयले दम्पती खुसी राख्न गरेको अनेकौं प्रयास पनि सफल हुन नसकेको समेत बताउने गरेका छन् ।

यहाँ दम्पतीका केही उदाहरणहरू प्रस्तुत गरिएको छ । जो लकडाउनको समयमा विभिन्न व्यवहारका कारण एक आपसमा नजिक वा टाढा भए ।

१. भान्से जोडी

किचन जोडी अर्थात् भान्से जोडी खाना पकाउन शौखिन जोडी हुन् । अर्थात् लकडाउनको समयमा केही दम्पती मीठामीठा खानाका परिकार बनाएर खानमा नै रमाएर बसे । उनीहरूबीच सौहार्दपूर्ण सम्बन्ध रह्यो । यो समयमा सेलिब्रेटीहरूले समेत सँगै खाना बनाउन सिकेको वा एकले अर्कालाई खाना बनाउन सघाएको तस्वीरहरू सेयर गरिरहेका छन् । त्यसैले खानामा नै रमाएका कारण कतिपयले यो जोडीलाई भान्से जोडीको रूपमा चिनाउने गर्छन् ।

यही लकडाउनको समयमा धेरै पतिले आफ्नी पत्नी र बच्चाहरूको लागि आफैँले खाना पकाए । यो समयमा खाली बस्ने भन्दा पनि काममा व्यस्त हुनु आवश्यक छ । त्यसैले त्यो समय सदुपयोग गर्ने क्रममा यो कोटिमा पर्ने दम्पतीले नयाँ स्वादका साथ सुमधुर सम्बन्ध पनि कायम गरे ।

२ झगडालु दम्पती 

अफिसको काम वा अन्य कामका कारण घरबाट निस्कन असम्भव भएपछि धेरैले घरमा आफ्नो परिवारलाई समय दिने अवसर पाए । यस समयमा कतिपय पतिपत्नीबीच समेत लुकाइएका गोप्य कुराहरू समेत एक अर्कालाई थाहा हुन पुग्यो । जसका कारण दुईबीच फाटो आउने वा झगडा हुने स्थिति समेत यो लकडाउनले सिर्जना गरेको छ ।

धेरै व्यक्तिहरू त यही विवादका कारण सम्बन्ध विच्छेदको अवस्थासम्म पुगेका उदाहरणहरू देख्न सकिन्छ । सधैं कार्यालय र घर गर्दा पतिपत्नीबीच कम समय साथमा बिताउँदा दुवैले एक अर्काको व्यक्तिगत कुरा खोतल्ने गरेका थिएनन् । तर लकडाउनका कारण यस्तो अवस्था सिर्जना गर्न सकिन्छ । यस्ता दम्पतीलाई झगडालु दम्पतीको कोटिमा राख्न सकिन्छ ।

स्वार्थी दम्पती

धेरै मानिसहरू आफ्नो पतिपत्नीबीच पनि स्वार्थी बन्ने गर्छन् । यसको मतलब यो हो कि यस्तो कठिन समयमा पनि तपाईं आफ्नो दम्पती वा पतिपत्नीप्रति वफादारी देखाउन सक्नुहुन्न । आफ्नो सुरक्षा वा आफ्नो रोजाइको सामानको लागि आफ्नो परिवारका सदस्यहरूको रोजाइलाई वास्ता नगर्ने प्रवृत्ति पनि देख्न सकिन्छ । यस्ता जोडी जा दम्पतीलाई स्वार्थी दम्पतीको कोटिमा राख्ने गरिएको छ ।

मनोरञ्जक जोडी

सिनेमा हलको अभावमा आफनै घरमा पतिपत्नीबीच समेत विभिन्न हासो ठट्टा गरेर एकअर्कामा मनोरञ्जन दिने दम्पती पनि भेट्न सकिन्छ । फिल्म हल बन्द भए पनि धेरै जोडीहरू आफ्नो पार्टनरको साथ चलचित्र हेर्न मन पराउँछन् । यस्ता जोडीहरूले यसबाहेक अन्य केही गतिविधिको माध्यमबाट मनोरञ्जन लिने गर्छन् । यो सबैका कारण यी दम्पतीले मानसिक रूपमा स्वस्थ रहनको लागि विभिन्न कार्यहरू गर्ने गर्छन् ।

रोमान्टिक जोडी

यो किसिमका जोडीहरूले विशेषगरी लकडाउनमा ठूलो अवसर पाए । जबकि धेरै व्यक्तिहरूले त्यस्ता अवसरहरू गुमाएका पनि छन् । यो लकडाउनको समयमा तपाईं धेरै रोमान्टिक हुन सक्नुहुन्छ वा आफूलाई राजनीति र तनावमा डुबाउन सक्नुहुन्छ । यो संकटको समयमा पनि एक अर्कालाई तनावको महसुस नहोस् भन्नको लागि यस्ता जोडीहरूको व्यवहार यो समयमा उपयोगी मान्न सकिन्छ ।

हिम्मतिला जोडी

लकडाउनको समयमा धेरै व्यक्तिले आफ्नो जागिर गुमाए । कोहीले आर्थिक रूपमा कष्ट भोग्नु परेको छ भने कतिपयले विभिन्न किसिमका दुःख पाए । यस्तो अवस्थामा बलियो एवं हिम्मत दिने जीवनसाथी भेट्नु महत्वपूर्ण कुरा हो । यस समयमा धेरैले आफ्नो पति वा पत्नीलाई प्रोत्साहन गर्ने र नकारात्मक भावना मनमा खेल्न नदिने काम गरे । लकडाउन सधैंको लागि होइन, यो केही समयमा अन्त्य भइहाल्छ भन्ने जस्ता उत्प्रेरणा दिने काम पनि धेरैले आफ्नो जीवनसाथीबाट पाउने गरेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment