Comments Add Comment

कोरोना संक्रमणबाट त्रिवि शिक्षण अस्पतालकी स्वास्थ्यकर्मीको मृत्यु

१३ असोज, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण त्रिवि शिक्षण अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

५७ वर्षकी महिला स्वास्थ्यकर्मीको त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचाररत अवस्थामा मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सविन थपलियाले जानकारी दिए ।

उनलाई असोज ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी अस्पतालमै उपचाररत थिइन् । उनमा दम र थाइराइडको समस्या पनि देखिएको अस्पतालले जनाएको छ । आईसीयूमा उपचाररत अवस्थामा निमोनिया पनि देखिएको डा. थपलियाले जानकारी दिए ।

उनका अनुसार मृतक स्वास्थ्यकर्मी अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी भने होइनन् । उनको घरमा श्रीमान र छोरीलाई पनि कोरोना संक्रमण देखिएको थियो । उनलाई घरबाट संक्रमण भएको हुनसक्ने अस्पतालले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment