Comments Add Comment

मनुजबाबु मिश्रको ‘एकलानुभूति’ सार्वजनिक

१३ असोज, काठमाडौं । कलाकार स्व. मनुजबाबु मिश्रको निबन्ध संग्रह ‘एकलानुभूति’ सार्वजनिक भएको छ । झण्डै तीन दशक काठमाडौं, महाङ्कालस्थित आफ्नो कलाकुटीमा एकान्तवासमा बसेका मिश्रको निबन्ध संग्रह मंगलबार सार्वजनिक गरिएको हो ।

‘एकलानुभूति’ मा संग्रहित निबन्धहरू साहित्यकार अमर न्यौपानेले छानेका हुन् ।

निबन्ध, उपन्यास, बाल साहित्य र कलाका इतिहास गरी डेढ दर्जनभन्दा बढी पुस्तक लेखेका स्व. मिश्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन् ।

मिश्रको निबन्धसङ्ग्रहमा जीवनजगत्का विविध पक्षलाई सटिक ढङ्गले प्रस्तुत गरिएको प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारी बताउँछन् । मिश्रले भोगेको समाज, त्यति बेलाको विश्वलाई अहिलेको पुस्ताले पढुन् भनेर ‘एकलानुभूति’ बजारमा ल्याएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment