
१४ असोज, काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम बन्द भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा रोकिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।
‘एक जना कर्मचारीमा कोरोना पुष्टि भएको छ, अन्य कर्मचारीमा पनि लक्षण देखिएको छ’ उनले भने, ‘कार्यालय त खुल्लै हुन्छ तर सबै प्रकारका सेवा भने बन्द गरिएको छ ।’
निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4