News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले खाडी तथा पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति पुनः खुला गरेको छ।
- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, जोर्डन, लेबनान, यमन, टर्की र इजरायलमा श्रम स्वीकृति खुला गरेको हो।
- परराष्ट्र मन्त्रालयको उच्चस्तरीय आपत्कालीन प्रतिकार्य कार्यदलले खाडी तथा पश्चिम एसियाली देशहरू वैदेशिक रोजगारीका लागि खुला गर्न सिफारिस गरेको थियो।
७ वैशाख, काठमाडौं । सरकारले खाडी तथा पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति खुला गरेको छ । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण २०८२ फागुन १७ गते ती देशमा श्रम स्वीकृति स्थगन गरेको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णय गर्दै साउदी, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, जोर्डन, लेबनान, यमन, टर्की र इजरायलको श्रम स्वीकृति खुला गरेको हो ।
इराकको हकमा भने २०८२ पुस ११ गते मन्त्रिपरिषद्बाट भएको निर्णय बमोजिम हुने मन्त्रालयले जनाएको छ । श्रम मन्त्रालयले ती देशहरूमा व्यक्तिगत, संस्थागत र वैधानिकीकरणसहितका काम पूर्ववत् अवस्थामा हुनेगरी खुला गरेको हो ।
परराष्ट्र मन्त्रालय अन्तर्गतको उच्चस्तरीय आपत्कालीन प्रतिकार्य कार्यदल (ईआरटी) ले खाडी तथा पश्चिम एसियाली देशमा श्रम स्वीकृति खुला गर्न सिफारिस गरेको थियो ।
परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा बसेको ईआरटीको बैठकले खाडी तथा पश्चिम एसियास्थित सबै श्रम गन्तव्य मुलुकहरू वैदेशिक रोजगारीका लागि खुला गर्न सिफारिस गर्ने निर्णय गरेको हो । सोही आधारमा मन्त्रालयले श्रम स्वीकृति खुला गरेको हो ।
युद्धका कारण खाडी तथा पश्चिम एसियाली देशमा रहेका नेपालीहरूको सुरक्षालाई मध्यनजर गर्दै श्रम मन्त्रालयले गत फागुन १७ गते श्रम स्वीकृति, पुनः श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4