Comments Add Comment

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

१४ असोज, काठमाडौं । बारा र धनुषामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

बारामा भएको सवारी दुर्घटनामा परिचय नखुलेका २२ वर्षीय पुरुषको मृत्यु भएको हो । जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित सडकमा ना.६ त ८२८३ नम्बरको ट्याक्टरले उनी सवार ना.६२ प ८३८ नम्बरको स्कुटरलाई मंगलबार राति ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको सिमरास्थित अल्पाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले दुर्घटनाका बारेमा अनुसन्धान गरिरहेको छ ।

यसैगरी धनुषामा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाधाम नगरपालिका-७ किशनपुर बस्ने ३५ वर्षीय प्रमोद सहनी रहेका छन् । मंगलबार राति गणेशमान चारनाथ नगरपालिका-१ छवघरीयामा ज.१ त ७९५१ नम्बरको ट्याक्टरमा सहनी सवार ज.५ प  २६४२ नम्बरको मोटरसाइकल ठोक्किन पुगेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको फुलकुमारी मेमोरियल अस्पताल कर्जनाहामा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment