Comments Add Comment

लिम्पियाधुराको क्षेत्रफल समेटिएको पुस्तक गुपचुप

१४ असोज, काठमाडौं । सरकारले आवश्यक त्रुटि सच्याएर वितरण गर्ने भनेको पुस्तक ‘नेपालको भूभाग र सीमासबन्धी स्वाध्याय सामग्री’ परिमार्जनको काम अगाडि बढाएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहितको क्षेत्रफल समेटिएको पुस्तकमा संशोधन आवश्यक रहेको भन्दै वितरण नगर्न १ असोजमा निर्देशन दिएका थिए । पुस्तक परिमार्जनमा भने सरकारले चासो देखाएको छैन ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सच्याउनुपर्ने सूची दिने भनेको तर अहिलेसम्म नदिएको पाठ्यक्रम विकास केन्द्रका एक अधिकारीले बताए । उनले भने, ‘पुस्तकको काम यथास्थितिमा छ भनेर बुझ्नुस् ।’

उनका अनुसार, विज्ञहरूको सल्लाह–सुझाव आउने सम्भावनालाई ध्यानमा राखेर पहिलो संस्करणमा पाँच सय प्रतिमात्र छापिएको थियो । पाठ्यक्रम विकास केन्द्रका ती अधिकारी भन्छन्, ‘अरु पुस्तक प्रकाशित गर्दा सुझाव लिने तरिका पनि यस्तै हो ।’

‘नेपालको भूभाग र सीमासबन्धी स्वाध्याय सामग्री’को प्रकाशक रहेको केन्द्रका अधिकारीहरू नेपालको कुल क्षेत्रफलमा ४६०.२८ वर्गकिलोमिटर थपिने भएपछि आएको भारतीय दबाबले काम गरेको हुनसक्ने अनुमान गर्छन् ।

त्यसो त, शिक्षा मन्त्रालयले जस लिन लाग्यो भनेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र परराष्ट्र मन्त्रालयले नै प्रधानमन्त्रीलाई उक्त किताब वितरण रोक्न दवाव दिएको कुरा पनि बाहिरिएको थियो ।

चुच्चो नक्सा जारी गर्दा नै क्षेत्रफल निकालेको भए अहिले यो लफडा नहुने केन्द्रका अधिकारीहरूको बुझाइ छ ।

यो पनि पढ्नुहोस प्रधानमन्त्रीको निर्देशन– नयाँ नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरण नगर्नू यो पनि पढ्नुहोस नेपालको क्षेत्रफल बढ्यो, अब १,४७,६४१.२८ वर्ग किलोमिटर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment