Comments Add Comment

अनलाइन कक्षाको नाममा शूल्क नउठाउन नेविसंघको माग

१४ असोज, बुटवल । अनलाइन कक्षाका नाममा शूल्क नउठाउन नेपाल विद्यार्थी संघले माग गरेको छ । कोरोना महामारीका कारण ६ महिनासम्म शैक्षिक संस्थाहरु पूर्णरुपमा बन्द रहेपनि निजी विद्यालयहरुले अनलाइन कक्षाका नाममा रकम असुली गरेको भन्दै शूल्क नउठाउन माग गरेको हो ।

संघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै लकडाउन अवधिमा उठाइएको शूल्क रकम तुरुन्त फिर्ता गर्न र अन्य विद्यार्थीहरुसँग हालसम्मको कुनै पनि शूल्क नलिन माग गरेका छन् ।

निजी शैक्षिक संस्थाले दिँदै आएको छात्रवृत्तिको विवरण पूर्णरुपमा पारदर्शी गराउन माग र विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई कम्तिमा पनि आधारभूत पारिश्रमिक दिन विज्ञप्तिमा माग गरिएको छ ।

यस विषयमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले वजेटको विशेष व्यवस्था गर्नुपर्ने संघको माग छ ।

कक्षा सञ्चालन गरेका कतिपय स्थानीय तहका विद्यालयहरुले सरकारले जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका कडाइका साथ पालना गर्न संघले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ ।

मागहरुको सुनुवाइ नगरिए स्थानीय सरकार शिक्षा शाखा र शूल्क असुली गरेका विद्यालयहरुमा तालाबन्दीसहित चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी विज्ञप्तिमार्फत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment