+
+
Shares

बाँकेमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १४ गते १९:०९

१४ असोज, काठमाडौं । बाँकेमा कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा बुधबार मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा नेपालगन्ज उपमहानगरपालिक—१ की ३५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि उनी असोज २ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन् । उपचारकै क्रममा सोही दिन कोरोना परीक्षण गर्दा भोलिपल्ट उनको रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा राखेर उपचार थालिएको थियो ।अस्पतालका अनुसार उपचारकै क्रममा बुधबार दिउँसो २ः१५ बजे उनको मृत्यु भएको हो ।

अस्पतालका अनुसार उनी केही समयदेखि मधुमेह, उच्च रक्तचाप र हाइपोथाइराइडिज्म रोगबाट ग्रसित थिइन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?