
१४ असोज, काठमाडौं । काठमाडौंबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म नियमित विद्युतीय सार्वजनिक बस सञ्चालन हुने भएको छ । सुन्दर यातायात प्रालिले ल्याएका बिजुली बसले रत्नपार्कदेखि धुलिखेलसम्मको रुटमा सेवा दिने भएको हो ।
सेवा सञ्चालनका लागि बुधबार परीक्षण गरिएको छ । धुलिखेल नगरपालिकासँगको सहकार्यमा सुन्दर यातायात प्रालिले बस सञ्चालन गर्ने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए ।
नगरपालिकासँगको सहकार्यमा पहिलो चरणमा चारवटा बस गुड्ने बताइएको छ । प्रदेश सरकारको सहकार्यमा धुलिखेलमा चार्जिङ स्टेशन बनाउने तयारी पनि भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4