Comments Add Comment

आर्थिक सल्लाहकार १५ दिनमा ढुस, युवराजलाई एक महिनामा दुई चिठ्ठा !

१५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३० गते डा. युवराज खतिवडालाई मन्त्रीसरहको सुविधा पाउने गरी आफ्नो आर्थिक सल्लाहकार नियुक्त गरेका थिए । प्रधानमन्त्रीले १५ दिन पनि नपुग्दै बिहीबार आफ्नै निर्णय उल्ट्याए ।

आफैंले आर्थिक सल्लाहकार बनाएको १५ दिनपछि नै प्रधानमन्त्री ओलीले डा. खतिवडालाई अमेरिकाका लागि राजदूत बनाउने निर्णय गरे ।

यो पनि पढ्नुहोस वैरागी बने सरकारको मुख्य सचिव, खतिवडा अमेरिकाको र रेग्मी बेलायतको राजदूत सिफारिस

प्रधानमन्त्री ओलीले डा. खतिवडालाई राजदूत नै बनाउनुथियो भने १५ दिनका लागि मन्त्रिसरहको सुविधा दिएर आर्थिक सल्लाहकार बनाइराख्न आवश्यक थिएन । तर, उनले १५ दिनमै आफ्नो पूर्वनिर्णय उल्ट्याएर अपरिपक्वता प्रदर्शन गरे ।

त्यसो त राष्ट्रियसभा सदस्यको पदावधि सकिएको ६ महिनाभन्दा बढी अर्थमन्त्री बन्न नपाउने भएकाले भदौ १९ गते खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिए थिए ।

डा. खतिवडालाई अर्थमन्त्रालयबाट बाहिरिँदाखेरि नै अमेरिकाको राजदूत बनाइने चर्चा नचलेको होइन । तर, अर्थमन्त्रीबाट राजीनामा दिएको १२ दिनपछि खतिवडालाई प्रधानमन्त्री ओलीले आर्थिक सल्लाहकार बनाए ।

प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनेपछि खतिवडाको राजदूत बन्ने ‘च्याप्टर क्लोज’ भएको अनुमान गरिएको थियो । प्रधानमन्त्री ओलीले डा. खतिवडालाई आर्थिक सल्लाहकार बनाएर डिफ्याक्टो अर्थमन्त्रीका रुपमा राख्ने संकेत देखिएको थियो ।

अब डा. खतिवडा राजदूतका रुपमा अमेरिका जाने भएपछि उनी प्रधानमन्त्रीको आर्थिक सल्लाहकार रहने छैनन् । यो अवस्थामा अब प्रधानमन्त्रीले कसलाई अर्थमन्त्रीका रुपमा ल्याउलान् भन्ने प्रश्न पुनः ब्युँतिएको छ । नेकपा नेताहरु अहिले मन्त्रिमण्डल हेरफेरको कसरतमा जुटिरहेका छन् ।

अमेरिकामा लामो समय राजदूत पद रिक्त रहँदै आएको छ । सरकारले पदावधि सकिएका अर्जुन कार्कीको म्याद थपेर कामचलाऊ राजदूत बनाएको थियो ।

त्यसो त अमेरिकारको राजदूतमा डा. खतिवडाको नाम सिफारिस भएपछि अब एमसीसी लगायतका अमेरिकी सहयोगहरुको पहल हुन सक्ने विश्लेषण पनि गर्न सकिन्छ ।

किनभने, डा. खतिवडा एमसीसी सहयोगलाई संसदले अनुमोदन गर्नुपर्छ भन्ने लाइनमा छन् । साथै, उनी पश्चिमा दाताहरुले पत्याएका व्यक्ति मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment