Comments Add Comment

डा. केसीको जीवन रक्षाको माग राखेर वीरगञ्जमा धर्ना

१६ असोज, वीरगञ्ज । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा वीरगञ्जमा धर्ना तथा प्रर्दशन गरिएको छ । डा. केसीको १९ औं सत्याग्रहको समर्थनमा समर्थकहरुले डा. केसीको जीवन रक्षाको माग गर्दै उनले उठाएका जायज मागहरु सम्बोधन गर्न दवाब दिने उदेश्यले शुक्रबार  वीरगञ्जमा धर्ना तथा प्रदर्शन गरेका हुन् ।

जसपाल सिंहको नेतृत्वमा वीरगञ्जस्थित नारायणी अस्पताल अगाडि बिहान १०ः३० देखि ११ः३० बजेसम्म १ घण्टा प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागीले डाक्टर गोविन्द केसीको माग पूरा गर, डाक्टर केसीको जीवन रक्षा गर, डाक्टर केसीको अनसन मेडिकल माफियालाई टेनसन, लुटतन्त्र बन्द गर, अख्तियारमाथिको हस्तक्षेप र दलीय भागबण्डा बन्द गर लगायतका नारा लेखिएको ब्यानर तथा प्लेकार्ड बोकेका थिए ।

धर्ना तथा प्रदर्शनमा नेपाल चिकित्सक संघ नारायणी वीगञ्जले एक्यबद्धता जनाएको छ । प्रदर्शनमा नेपाल चिकित्सक संघ नारायणीका अध्यक्ष डाक्टर अरुणकुमार सिंह लगायतका चिकित्सकहरु समेत सहभागी भएका थिए । डा. केसीको सत्याग्रह स्वास्थ्य क्षेत्रमा देखिएको विकृतिमा सुधारका लागि भएकोले सरकारले अबिलम्ब वार्ता गरेर जीवन रक्षा गनुपर्ने डाक्टर निरज सिंहले बताए । ‘

‘डाक्टर केसीले जीवनको बाजी थापेर १९ औं पटक अनसनमा जानुपर्ने बाध्यकारी अवस्था आएको छ । सरकारले तत्काल वार्ता मार्फत जायज मागको सुनुवाई गरेर स्वास्थ्य क्षेत्रमा देखिएको जतिपनि वेथितिको निराकरण गर्नुपर्छ ।’ डाक्टर सिंहले भने ‘स्वास्थ्य जनताको मौलिक हक हो । त्यसलाई राज्यले सहज र सरल रुपमा प्रत्याभूत गर्नुपर्छ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment