Comments Add Comment

त्रिशुलीमा ट्रक खस्दा ३ जना घाइते

१७ असोज, चितवन । त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी भन्ने स्थानबाट ना ५ ख ९६२२ नम्बरको ट्रक त्रिशुली नदीमा खसेको हो ।

भैरहवाबाट काठमाडौं जाँदै गरेको सो ट्रक आज बिहान करिब ५ बजे सडकबाट झण्डै ८० फिट तल खसेको छ । ट्रकको आधा भाग पानीमा डुबेको छ ।

दुर्घटनामा परी घाइते हुनेमा ट्रक चालक गल्छी–७ धादिङ्ग बस्ने २८ वर्षीय रोहित तामाङ, ट्रकमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय रामकुमार लालचन र २३ वर्षीय राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको टोलीले घाइतेहरुको उद्धार गरी उपचारको लागि धादिङको गजुरी अस्पताल पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment