+
+
Shares

बंगलादेशसँगको सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन तयार छु : चिनियाँ राष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १८ गते १५:२०

१८ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले बंगलादेशसँगको सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन तयार रहेको बताएका छन् । दुई मुलुकको दौत्य सम्बन्ध कायम भएको ४५ औं वर्षको उपलक्ष्यमा आइतबार उनले शुभकामना दिँदै दुई मुलुकबीच साझा रणनीति बनाउने तथा बेल्ट एण्ड रोड निर्माणका साथै बंगलादेशसँगको रणनीतिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउन तयार रहेको बताएका हुन् ।

चिनफिङले बंगलादेशका राष्ट्रपति अब्दुल हमादलाई पठाएको सन्देशमा बंगलादेशसँग चीनको मित्रताको लामो इतिहास रहेको बताउँदै प्रत्येक वर्ष यो सम्बन्ध झन् नयाँ बन्दै गइरहेको उल्लेख गरेका छन् । चिनफिङले पठाएको सन्देशमा दुई मुलुकबीच दौत्य सम्बन्य कायम भएको ४५ वर्षसम्ममा दुई मुलुकबीच महत्वपूर्ण साझेदारी भएको र यसले दुवै मुलुकका नागरिकहरुलाई फाइदा पुगेको उल्लेख गरेका छन् ।

चिनफिङले कोरोना भाइरस (कोभिड–१९) को महामारी आएपछि दुई मुलुकबीचको सम्बन्ध झन् प्रगाढ बनेको बताएका छन् । साथै बंगलादेशको सामाजिक र आर्थिक विकासका लागि चीनको सहयोग सदैव रहने पनि उनले प्रतिबद्धता जनाएका छन् ।

स्रोत : ग्लोबल टाइम्स

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?