+
+

२२५३ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १५९९ जना

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १८ गते १८:२४

१८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा ८३० महिला र १४२३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै ५३५ जनाको मृत्यु भएको छ । ६४ हजार ०६९ जना संक्रमणमुक्त भएका छन्, जसमध्ये पछिल्लो २४ घण्टामा मात्र १३२९ जना संक्रमणमुक्त भएका हुन् ।

हाल देशभरमा २२ हजार २१९ संक्रिय संक्रमित छन् । ११ हजार ८९३ जना होम र १० हजार ३२६ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २२६ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये १५९९ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै मोरङका ८१ जना, कैलालीका ५५, सुर्खेतका ५४, चितवन र रुपन्देही ५२/५२ जना, बर्दियाका ५०, नवलपुरका ४०, मकवानपुरका २२, कञ्चनपुरका २१, तनहुँका १९, झापाका १६, पाल्पाका १५, नुवाकोटका १४, बाँकेका १३ र काभ्रेका १० जनामा संक्रमण देखिएको छ ।

धनुषा र दाङका ९/९ जना, सनसरी, पर्सा, धादिङ, सिन्धुपाल्चोक, दैलेख ८/८ जना, बारा, सिराहा र लमजुङका ७/७ जना, सर्लाहीका ६, रौतहट र प्युठानका ५/५ जना, कास्की र स्याङ्जाका ४/४ जना, खोटाङ, सप्तरी र बाग्लुङका ३/३ जना, उदयपुर, दोलखा, रसुवा, रामेछाप, रुकुम पूर्व र सल्यानका २/२ जना तथा भोजपुर, संखुवासभा, महोत्तरी, नवलपरासी, कालीकोट, डडेलधुरा, बझाङ र बैतडीका १/१ मा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?