Comments Add Comment

गोरखामा ९ प्रहरीसहित १८ जना कोरोना संक्रमित थपिए

हिरासतमा रहेका २ जनामा पनि कोरोना

१९ असोज, गोरखा । गोरखामा सोमबार एकै दिन १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये बाह्र किलो प्रहरी चौकीमा कार्यरत ६ पुरुष र २ महिला प्रहरी कर्मचारी र जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक पुरुष कर्मचारी रहेको गोरखा नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।

त्यस्तै बाह्र किलो प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारी परिवारका ३ र १२ बर्षीय बालकलाई पनि कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले बताए । बाह्र किलोमा व्यापार सञ्चालन गर्दै आएका तीन व्यापारीलाई पनि कोरोना पुष्टि भएको उनले जानकारी दिए ।उनीहरुमध्ये दुई महिला र एक पुरुष रहेका छन् । प्रहरी हिरासतमा रहेका दुई पुरुषमा पनि कारोना संक्रमण पुष्टि भएको छ । अर्का संक्रमित शिक्षक रहेका छन् । उनी विराटनगरबाट आएर होम क्वारेन्टिनमा बस्दै आएको स्वास्थ्य शाखाले जनाएको छ । अर्का एक संक्रमित भने गोरखा नगरपालिका वडा नम्वर ११ का ३३ वर्षीय पुरुष रहेका छन् । दुवईबाट आएर उनी होम क्वारेन्टिनमा बस्दै आएका थिए ।

केही दिनअघि बाह्र किलो प्रहरी चौकीमा कार्यरत एक प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएसँगै उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको थियो । संक्रमण पुष्टि भएसँगै बाह्र किलो बजार क्षेत्रमा निषेधाज्ञ जारी गरिएको थियो । तर निषेधाज्ञको उल्लघंन गर्दै बजार क्षेत्र पूर्ण रुपमा सञ्चालनमा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment