Comments Add Comment

उपन्‍यासमा मुक्त दासहरूको कथा

१९ असोज, काठमाडौं । लेखक केशव दाहालको पहिलो उपन्यास ‘मोक्षभूमि’ बजारमा आएको छ ।

प्रकाशक ‘किताब पब्लिसर्स’ले असोज २० गतेदेखि बजारमा पठाउने गरी उपन्यास सार्वजनिक गरेको हो ।

संवत् १२८० बाट सुरु भएको उपन्‍यासको कथामा हजारौं दासहरूको मुक्तिको कथा लेखिएको छ । खस साम्राज्यका चक्रवर्ती सम्राट क्राचल्लदेवले आफूले गरेको युद्ध अपराध र पापको प्रायश्चित्तका लागि जब दस हजार दासहरूलाई मुक्त गरिदिन्छन्, त्यसपछि सिन्जामा उथलपुथल आउँछ ।

त्यस उथलपुथलसँगै आर्य–खस जातीय श्रेष्ठता र मानव श्रेष्ठताको महाबहस सुरु हुन्छ । बहससँगै मुक्त दासहरूको प्रेम, यौन, संघर्ष र मोक्षको लामो यात्राको वर्णन उपन्यासमा छ ।

३ सय ७६ पृष्ठको उपन्यासको मूल्य ६ सय रुपैयाँ रहेको छ । प्रकाशकका अनुसार उपन्यास देशैभरका पुस्तक पसलका साथै अमेजन र थुप्रैडटकम मार्फत् ई–बुकका रुपमा समेत उपलब्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment