Comments Add Comment

त्रिविका प्राध्यापक चलाउनेमाथि आक्रमण

२० असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका प्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण भएको छ ।

बैंकबाट फर्किरहेका प्राध्यापक चलाउनेमाथि मोटरसाइकलमा आएका समूहले कीर्तिपुरमा आक्रमण गरेको थियो ।

आक्रमणबाट शरीरका विभिन्न भागमा चोट लागेको छ । प्राध्यापक चलाउनेलाई कीर्तिपुर मोडल अस्पतालले मेडिसिटी अस्पतालमा रिफर गरेको समाजशास्त्र विभागकै सहायक प्राध्यापक गुमानसिंह खत्रीले बताए । खत्रीका अनुसार, चलाउनेको टाउकोमा गम्भीर चोट लागेको छ ।

दुई वटा मोटरसाइकलमा आएकाहरुले उनीमाथि आक्रमण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment