+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

दशैंको अग्रिम टिकट बुकिङ अन्योलमा

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २० गते १६:०६

२० असोज, काठमाडौं । दशैंमा अग्रिम टिकट बुकिङ अन्योलमा परेको छ । यातायात व्यवस्था विभागले मंगलबारदेखि बुकिङ खुलाउन व्यवसायीलाई प्रस्ताव गरेको थियो । तर व्यवसायीले अहिले चलिरहेका बसमै पर्याप्त यात्रु नभएको भन्दै थप छलफल गर्नुपर्ने बताएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम टिकट बुकिङबारे छलफल गर्न शनिबार लामो दूरीमा सवारी चलाउने सदस्य कम्पनीका अध्यक्षहरुसँग छलफल गर्दैछ ।

त्यो छलफलपछि महासंघको बैठक बसेर अग्रिम टिकट बुकिङबारे निर्णय गर्ने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्य बताउँछन् । ‘अहिले पनि काठमाडौंबाट छुटिरहेका बसले पर्याप्त यात्रु पाएको छैन । महाकारीको अवस्थामा अग्रिम टिकट बुकिङ आवश्यक छ/छैन भनेर हामी छलफल गर्छौं,’ कमचार्यले भने,’कम्पनीहरुको अनुभवका आधारमा महासंघले निर्णय गर्छ ।’

स्वास्थ्य मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार पुग्दा लकडाउन गर्न सिफारिस गरेका कारण पनि अग्रिम टिकट बुकिङ खुला गर्न समस्या देखिएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल अहिलेसम्म लामो दूरीको बसमा चाप नदेखिएकाले यो वर्ष अग्रिम बुकिङ खोल्ने निर्णय गर्न ढिलाइ भएको बताए । ‘अब केही दिनको अवस्था हेर्छौं,’ उनले भने,’महामारीको कारण यात्रु कति घट्छन् भन्ने स्पष्ट चित्र देखिएपछि त्यसकै आधारमा बुकिङ खुलाउने निर्णय गर्छौं ।’

उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेमा उपत्यकामा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । अहिले सक्रिय संक्रमतिको संख्या २३ हजार नाघेको छ ।

अहिले टिकट काटेर पछि जान नपाउने अवस्था आएर पैसा फिर्ता गर्न असहज हुने उनले बताए ।  ‘सरकारले सकेसम्म यात्रा नगर्न अनुरोध गरेको छ,’ हमाल भन्छन्,’यो वर्ष काठमाडौं छाड्ने संख्या सानो हुन्छ भन्ने अनुमान छ, अवस्था हेरेर असोज २५ पछि निर्णय लिन्छौं ।’

सरकारले यो वर्ष दशैंका बेला ५ लाख व्यक्ति उपत्यकाबाट बाहिरिने अनुमान गरेको छ । विगतमा वर्षमा यस्तो संख्या २० लाख हुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?