
नायक आर्यन अधिकारीले चलचित्र ‘के त तिम्रो होइन र’मा काम गरेपछि लगालग ५ वटा चलचित्र साइन गरे ।
उनले, साइन गरेका चलचित्रमा केही त अहिलेसम्म रिलिज पनि भएका छैनन् । पहिलो चलचित्रले औषत सफलता पाएपछि आर्यन हौसिए । आर्यनको शरीरको पनि खुबै चर्चा पायो । चलचित्रमा उनको काम भन्दा उनको सुगठिलो शरीरले बढी चर्चा पायो ।
कतिपयले आर्यनलाई नेपाली चलचित्रको टाइगर श्राफ पनि भने । आर्यनले यो कुरालाई स्विकार पनि गरे ।
आर्यनले अभिनय गरेका चलचित्र यसपछि भने चलेनन् । उनले अभिनय गरेका ‘बटरफ्लाई, बाँध मायाले’ असफल भए । जसले आर्यनलाई ठूलो धक्का दियो । उनले अभिनय गरेको चलचित्र ‘जस्मिन’ रिलिज नै भएको छैन ।
आफ्नो शरीर बनाउन मिहिनेत गर्ने आर्यन अहिले अमेरिकामा छन् । अमेरिकामा रहेका आर्यनले फेरि पनि आफ्नो सुगठित शरीर सामाजिक संजालमा पोष्ट गरेपछि यसको चर्चा सुरु भएको छ । आर्यनले शरीर बनाउन फेरि पनि मिहिनेत गरेको वुझ्न सकिन्छ ।
चलचित्र क्षेत्रमा सफलता कमाउने अपेक्षासहित प्रवेश गरेका आर्यनको सुगठित शरीरलाई दर्शकले रुचाए पनि उनको चलचित्रलाई खासै साथ दिएनन् । आर्यनले भने आफ्नो मिहिनेतलाई छाडेका छैनन् । के आर्यन बलियो कमब्याकको प्रतिक्षा गरिरहेका छन् ?
प्रतिक्रिया 4