Comments Add Comment

उपत्यकावासीलाई सरकारको आग्रह : कोरोनाको उच्च जोखिम छ, सतर्कता अपनाऔं

२१ असोज, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अरु जिल्लामा संक्रमण नियन्त्रण उन्मुख भए पनि उपत्यकामा बढिरहेको बताए ।

स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने नयाँ संक्रमितमा आधाभन्दा धेरै उपत्यकाको भएको भन्दै उनले भने, ‘४० लाख बसोबास भएको काठमाडौं उपत्यकामा कोरोना अनियन्त्रित भयो भने जोखिम बढ्छ । त्यसैले सेवा दिँदा वा लिँदा, सार्वजनिक सवारीमा चढ्दा वा हिँडडुल गर्दा, अरु खालका गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यान दिन जरुरी छ ।’

दशैं पारिवारिक पुनर्मिलन र आर्शिवाद लिने चार्ड भएको तर कोरोनाको उच्च जोखिमा जेष्ठ नागरिकहरु रहेको भन्दै उनले यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । अरु बेला जस्तो काठमाडौं-गाउँ-काठमाडौं ओहारदोहोरा गर्दा संक्रमण पनि ओहोर दोहोर गर्न भन्दै उनले सतर्क रहन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment