Comments Add Comment

बारामा १४७ किलो गाँजा बरामद

फाइल तस्वीर

२१ असोज, वीरगञ्ज । बाराबाट प्रहरीले १४७ किलो गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ । उत्तरबाट दक्षिण वीरगञ्जतर्फ आउँदै गरेको ना ७ ख ९५५४ नम्बरको ट्रकबाट गाँजा बरामद भएको हो । ट्रकको पछाडि ७ वटा पोकामा १४७ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

इलाका प्रहरी कार्यालय जीतपुरले कार्यालय अगाडि नै चेकजाँच गरिरहेको थियो । चेकजाँचका क्रममा ३ वटा ट्रकको पछाडिको ट्रकमा सम्बन्धित मानिस फेला नपरेपछि चेकजाँच गर्दा गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

‘प्रहरी कार्यालय अगाडी नै चेक प्वाईन्ट थियो, पछाडि गाजा लिएर आउँदै गरेको ट्रक पनि लाइनमा रोकिएछ, फर्काउन नमिलेपछि चालकसहितका मानिस गाडी छोडेर भागेछन् ।’ डिएसपी मिश्रले भने ‘ चेकजाँचका क्रममा १ सय ४७ किलो गाजा फेला परेको छ ।’

गाँजा कसले कहाँबाट ल्याएको हो ? कहाँ लैजान लागिएको हो ? केही खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक धनी र चालकको खोजी गरिरहेको छ । गाँजासहितको ट्रकलाई जिल्ला प्रहरी कार्यालय बारामा राखिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment