Comments Add Comment

एच१बी भिसामा कडाइ गर्दै अमेरिका

२१ असोज, काठमाडौं । अमेरिकाले विदेशी दक्ष कामदारहरुलाई दिँदै आएको एच१बी भिसामा कडाइ गर्ने भएको छ । मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी दक्ष कामदारलाई दिइने भिसा एक तिहाइ घटाउने निर्णय गरेको हो । कम्प्युटर प्रोग्रामर, एकाउन्टेन्ट र आर्केटेकहरुलाई अमेरिकाले यस्तो भिसा दिँदै आएको छ ।

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ लेबरका अधिकारीहरुले यस किसिमको भिसा कस्ता मानिसले पाउने र उनीहरुले कति रकम बुझाउनुपर्ने भन्नेबारे छिटै नै जानकारी दिइनेछ । होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टका कार्यवाहक डेपुटी सेक्रेटरी केन कुचिनेलीले नयाँ नियमबाट समग्र आवेदनमध्ये करिब एक तिहाइ आवेदन अस्वीकृत हुने बताए ।

यसअघि गत जुन महिनामा राष्ट्रपति ट्रम्पले यस वर्षको अन्तिमसम्मका लागि एच१बी भिसाको कार्यक्रम रोक्ने निर्णय गरेका थिए । ट्रम्पको प्रशासनले वैध तथा अवैध आप्रवासीहरुलाई अमेरिकामा आउनमा कडाइ गर्ने नीति ल्याउँदै आएको छ । यद्यपि यो मुद्दा यसपटकको निर्वाचनमा भने ट्रम्पले धेरै उठाएका छैनन् । सन् २०१६ मा उनले यो मुद्दालाई प्राथमिकतामा राखेका थिए ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment