Comments Add Comment

सन् २०२० को अन्तिमसम्ममा कोरोना खोप आउने डब्ल्यूएचओको विश्वास

२१ असोज, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सन् २०२०को अन्तिमसम्म खोप तयार हुन सक्ने विश्वास व्यक्त गरेको छ । मंगलबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम गेब्रेयेससले मंगलबार यस वर्षको अन्तिमसम्ममा खोप आउन सक्ने आशा रहेको बताएका हुन् । गेब्रेयेससले खोप उपलब्ध भएसँगै समान वितरणका लागि विश्वभरका नेताहरुले सद्भाव र राजनीतिक प्रतिबद्धता जनाएको पनि उल्लेख गरेका छन् ।

ग्रेबेयेससले खोपको विषयमा थप व्याख्या भने गरेका छैनन् । कोरोनाविरुद्धको खोप निर्माणका लागि डब्ल्यूएचओले कोभ्याक्स कार्यक्रम अघि सारेको छ । यो कार्यक्रम अन्तर्गत सन् २०२१ को अन्तिमसम्ममा विश्वभर दुई अर्ब डोज खोप वितरण गर्ने लक्ष्य लिइएको छ । अहिले धेरै खोपहरु अन्तिम चरणको क्लिनिकल परीक्षणका क्रममा छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको केही सातामा नै अमेरिकी कम्पनीको खोप तयार हुने दाबी गरिसकेका छन् । रुसले तेस्रो चरणको परीक्षण हुनुभन्दा अगाडि नै खोपको घोषणा गरिसकेको छ । त्यस्तै चीनले पनि तेस्रो चरणको परीक्षण जारी रहेकै बेला खोपको आपतकालीन प्रयोग सुरु गरिसकेको छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment