Comments Add Comment

हङकङ मामिलामा चीनलाई ५५ मुलुकको साथ

२२ असोज, काठमाडौं । चीनले हङकङ र सिनजियाङको विषयमा पछिल्ला केही महिनामा लिएको निर्णयलाई ७० भन्दा बढी मुलुकहरुले समर्थन गरेका छन् । संयुक्त राष्ट्रसंघको जारी महासभामा सो सफलता प्राप्त भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

राष्ट्रसंघको जनरल डिवेट सम्वन्धी तेस्रो कमिटीको बैठकमा हङकङको वहानमा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजिएको भन्दै पाकिस्तानले ५५ वटा मुलुकहरुको तर्फबाट संयुक्त वक्तव्य जारी गरेको छ ।

सो वक्तव्यमा अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने संयुक्त राष्ट्रसंघको एउटा महत्वपूर्ण सिद्धान्त भएको उल्लेख गरिएको छ । सो वक्तव्यमा हङकङमा चीनको एक मुलुक, दुई प्रणालीलाई समर्थन गरिएको छ ।

केही समय अगाडि चीनले ल्याएको राष्ट्रिय सुरक्षा कानुनको पनि समर्थन गरिएको छ । त्यसैगरी क्युवाले ४५ वटा मुलुकहरुको तर्फबाट संयुक्त वक्तव्य जारी गर्दै चीनले सिनजियाङमा लिएको निर्णयको समर्थन भएको थियो ।

पश्चिमा मुलुकहरुले भने हङकङको राष्ट्रिय सुरक्षा सम्वन्धी कानुनको आलोचना गरिरहेका छन् । उनीहरुले सो कानुन त्यहाँ प्रदर्शन गरिरहेकाहरुलाई नियन्त्रण गर्ने अभिप्रायले ल्याइएको बताएका छन् । चीनले भने पश्चिमा मुलुकहरुले आफ्नो आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको बताइरहेको छ ।

यस अगाडि नेपालले जुनको पहिलो साता एक विज्ञप्ति प्रकाशित गर्दै नेपाल एक चीन नीतिप्रति दृढ भएको र हङकङ चीनको एक अभिन्न अंग भएको बताएको थियो । त्यहाँ शान्ति, सुव्यवस्था कायम गर्ने दायित्व चीन सरकारको भएको नेपालले उल्लेख गरेको थियो ।

पछिल्लो समयमा चीनले हङकङका मामिलामा आफूले दिएको निर्णयमा अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाइरहेको छ । सो बैठकमा नै अमेरिका, बेलायत, जर्मनी लगायतका मुलुकले भने चीनको हङकङ र सिनजियाङ नीतिको विरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment