Comments Add Comment

जथाभावी सिटामोल प्रयोग गर्दा हुने जोखिम

अहिले अस्पताल आउजाउ गर्न सहज छैन । त्यही कारण सानोतिनो समस्या हुँदा कतिपयले आफुखुसी औषधि सेवन गरिरहेका हुन्छन् । यसमा पनि धेरैले प्यारासिटामोलको प्रयोग जथाभावी रुपमा गरेको पाइन्छ ।

बजारमा सजिलै उपलब्ध हुने र यसको खासै कुनै तुरुन्त साइड इफेक्ट नहुने भन्ने ठानेर पनि मानिसहरु सिटामोललाई रोग निको पार्ने सजिलो उपायको रुपमा प्रयोग गर्छन् । तर कम समयको लागि प्रयोग गरिने यस्तो औषधिको निरन्तर सेवनले गंभिर समस्या समेत निम्त्याउँछ । यसको अत्याधिक प्रयोगले मिर्गौला, कलेजो लगायत शरीरका विभिन्न अंगहरुमा गम्भीर असर पुग्ने गर्छ ।

चिकित्सकहरुका अनुसार दैनिक तीन ग्राम भन्दा बढी प्यारासिटामोलको प्रयोग स्वास्थ्यका लागि घातक हुनसक्छ । त्यसैले, चिकित्सकहरु विना सल्लाह प्यारासिटामोल प्रयोग नगर्न सल्लाह दिने गर्दछन् ।

विना चिकित्सकको सल्लाह गर्भवती महिलाले प्यारासिटामोलको सेवन गरेमा यसले गर्भमा रहेको शिशुको शारीरिक विकासमा अवरोध पैदा हुन्छ ।

दुखाई कम गर्न प्रयोग गरिने प्यारासिटामोलको प्रयोग लामो समयसम्म गरेमा यसले मिर्गौलालाई क्षति पु¥याउन सक्छ । लामो समयसम्म प्यारासिटामोलको प्रयोगले पेटमा वायु हुनसक्छ । त्यस्तै, अपच वा पेट भारी भएको महसुस हुनसक्छ । त्यस्तै, केही व्यक्तिमा सिटामोलको अत्याधिक सेवनले छाला रातो हुने, छाला चिलाउने, पोल्ने लगायतको समस्या हुनसक्छ, जुन छालाको एलर्जीका कारण हुने गर्छ ।

हल्का ज्वरो आएमा वा ज्वरो कम गर्न परेमा बालबालिकालाई प्यारासिटामोल दिइने गरिन्छ । जबकी कयौ शोधहरुले जनाए अनुसार छ–सात वर्षको उमेर देखिनै बच्चाहरुलाई प्यारासिटामोल दिनाले उनीहरुको शरीरमा आज्माको लक्षण देखिने गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार बच्चालाई १०१ डिग्री ज्वरो आएपछि मात्र प्यारासिटामोल दिनु पर्दछ ।

पहेलोपना, जण्डिस वा कलेजो सम्बन्धि समस्यामा चिकित्सकको सल्लाह विनै प्यारासिटामोलको  सेवन गर्नाले कलेजो अरु खराब हुनसक्छ । यस्तो समस्या भएमा आफै औषधी खानु भन्दा पहिले चिकित्सकको सल्लाह लिन जरुरी छ ।

अमेरिकाको सियाटलस्थित फ्रेड हचिङसन क्यान्सर रिसर्च सेन्टरले गएको एक अनुसन्धान अनुसार प्यारासिटामोलको अत्याधिक प्रयोगले प्लड क्यान्सरको जोखिम समेत निम्त्याउने गर्छ ।

यस अनुसन्धानका लागि वासिङ्टन डिसीमा बसोवास गर्ने अनुसन्धानकर्ताहरुले ६५ सय वृद्धवृद्धाको रगतको नमुना परिक्षण गरेको थियो ।करिब छ वर्ष लगाएर गरिएको उक्त अध्ययनमा प्यारासिटामोलको अत्याधिक प्रयोग गर्नेमध्य करिब एक प्रतिशतमा व्लड क्यान्सरको समस्या रहेको पाइएको थियो । एक प्रतिशत मध्य पनि पाँच सय ७७ जना मध्य नौ प्रतिशतले प्यारासिटामोलको प्रयोग अत्याधिक गरेको पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment