
२२ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बालुवाटारमा छलफल जारी छ । प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।
असोज २० मा सचिवालय बैठक बसेपछि दुई अध्यक्ष बीच भेट भएको थिएन । तर, बुधबार बिहान सवा ११ बजेदेखि दुई अध्यक्ष बीच वार्ता जारी छ । वार्तामा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा राजनैतिक नियुक्ति, पार्टी एकताका बाँकी काम टुंग्याउने लगायत विषयमा छलफल भइरहेको छ ।
गएको असोज ४ को सचिवालय बैठकले एकताको बाँकी काम टुंग्याउने मस्यौदा तयार पार्न र मन्त्रिपरिषद् पुनर्गठनको जिम्मा दुई अध्यक्षलाई दिएको छ । तर, सहमति जुट्न नसक्दा कुनै पनि काम हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4