Comments Add Comment

१६ वर्षीया किशोरी एक दिनका लागि बनिन् फिनल्याण्डको प्रधानमन्त्री

२२ असोज, काठमाडौं । फिनल्याण्डमा १६ वर्षीया एक किशोरी एकदिनको लागि प्रधानमन्त्री बनेकी छिन् । लैङ्गकि समानताको अभियानमा फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिनले बुधबार आफ्नो सत्ता १६ वर्षे किशोरी आभा मुर्टोलाई सुम्पेकी हुन् ।

बुधबार एकदिनका लागि प्रधानमन्त्री बनेकी मुर्टोको बुधबार विभिन्न राजनीतिकर्मीहरुसँग प्रविधिमा महिला अधिकारको विषयमा छलफल गर्ने कार्यक्रम थियो ।

संयुक्त राष्ट्रसंघको विश्व युवती दिवसभन्दा पहिला फिनल्याण्डले लैङ्गकि समानताको लागि किशोरीलाई एक दिन प्रधानमन्त्री बनाएको हो ।

फिनल्याण्डले बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्थाले सञ्चालन गरिरहेको विश्वव्यापी अभियानलाई साथ दिँदै किशोरीलाई एक दिनको लागि प्रधानमन्त्री बनाएको छ ।

यद्यपि फिनल्याण्ड आफैँ पनि सबैभन्दा धेरै लैङ्गकि समानता भएको मुलुकमध्येको एक हो । गत डिसेम्बर महिनामा मारिन विश्वकै सबैभन्दा कम उमेरकी सरकार प्रमुख बनेकी थिइन् ।

फिनल्याण्डले यो ‘गर्ल्स टेकओभर’ अभियानमा साथ दिएको यो चौथो वर्ष हो । यो अभियानअन्तर्गत विश्वभरका किशोरीहरुलाई एक दिनको लागि राजनीति र अन्य क्षेत्रमा नेतृत्वको अवसर दिइने गरिएको छ ।

यस वर्ष युवतीहरुलाई डिजिटल सीप र प्राविधिक अवसरको खोजी गर्ने विषयलाई जोड दिइएको थियो । एक दिनको लागि प्रधानमन्त्री बनेकी मुर्टोले भनिन्, ‘कानुनको विषयमा केही नयाँ कुरा सिक्ने मौका मिल्यो ।’

मुर्टोले सांसदहरुसँगको अन्तक्रियामा प्रविधिको महिलाहरु पनि पुरुषको तुलनामा कम छैनन् र उनीहरु महत्वपूर्ण पनि छन् भन्ने कुरालाई मनन गर्न आग्रह गरेकी थिइन् ।

उनले युवाहरुले प्रविधिको क्षेत्रमा वयस्क मानिसहरुलाई पनि सिकाउन सक्ने र उनीहरुले राम्रोसँग भविष्य सोच्न सक्ने पनि बताएकी थिइन् ।

स्रोत : बीबीसी, एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment