+
+

सरकार र डा. केसीबीच सहमतिको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २३ गते १६:५१

२३ असोज, काठमाडौं । सरकार र आमरण अनसनरत डा. गोविन्द केसीबीच सहमतिको तयारी भइरहेको छ । उच्च स्रोतका अनुसार सहमतिका बुँदाहरुमा दुबै टोली सहमत भइसकेका छन् ।

केहीबेरमा सरकार र डा. केसीको तर्फबाट बनेको वार्ता टोली बस्ने र सहमतिलाई औपचारिकता दिनेछ । त्यसपछि आजै अनसन तोड्ने तयारी रहेको उच्च स्रोतले बताएको छ ।

शिक्षा सचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली बिहीबार नै सहमति नजिक पुगिसकेका थिए ।

बिहीबार सहमति हुन नसकेको विषय डा. केसीको ६ बुँदे मागको चौथो बुँदा थियो । शुक्रबार दुबै पक्षले आन्तरिक परामर्श गरेपछि सहमतिलाई अन्तिम रुप दिइएको हो ।

स्रोतका अनुसार विश्वविद्यालय, आईओएम, काउन्सिल र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड ऐनमै राख्ने र ऐन संशोधन नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा नियुक्ति गर्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?