Comments Add Comment

‘अहिले अन्तर्राष्ट्रिय जिम्मेवारी त्यागेर स्व–केन्द्रित राष्ट्रवादको साहरा लिने समय होइन’

२३ असोज, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कोभिड–१९ को महामारीको समयमा अन्तर्राष्ट्रिय जिम्मेवारी त्यागेर स्व–केन्द्रित राष्ट्रवादको साहरा लिने उपयुक्त समय नभएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको जारी ७५ औं सभामा असंलग्न आन्दोलन (नाम) संलग्न मुलुकका परराष्ट्रमन्त्रीहरुको वैठकलाई सम्बोधन गदै मन्त्री ज्ञवालीले प्रभावकारी र समन्वयकारी प्रयासबाट मात्रै कोभिड विरुद्धको लडाई जित्न सकिने बताए । ‘हामी एक भए बलियो हुन्छौ, विभाजित भए कमजोर, हामी कमजोर भए भाइरसले जित्छ,’ उनले भने ।

मन्त्री ज्ञवालीले अगाडि भने, ‘अहिलेको समय भनेको मतभेदको मूल्यलाई आत्मसात गर्ने र सहकार्यबाट लाभ लिने हो । त्यसैगरी वहुपक्षीय संस्थाहरुलाई सबल बनाउने र संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखेर वहुपक्षीयतालाई प्रवर्द्धन गर्ने हो ।’

कुनै पनि  ठूला वा साना मुलुक शान्ति र गरिमासहित सहअस्तित्वमा रहन ऐक्यवद्धता र सहकार्यको मर्मलाई कायम राख्नुपर्ने उनले बताए ।

मन्त्री ज्ञवालीले नामप्रतिको नेपालको प्रतिवद्धता पुनः दोहोयाउँदै नामलाई अझै प्रभावकारी र यसको सिद्धान्तहरुप्रति दृढ रहने संगठनको रुपमा विकास गर्नुपर्ने बताए ।

असंलग्न आन्दोलनको बर्तमान अध्यक्ष अजरवैजानको अयोजनामा सो वैठक भएको थियो । ६५ बर्ष अगाडि नेपालसहित २९ एसियन-अफ्रिकन मुलुकहरुको पहलामा साझा शान्ति, समृद्धि, एकता र न्याय प्राप्त गर्ने उद्देश्यले नामको स्थापना भएको थियो ।

सबैका लागि मानव अधिकार र समृद्धिमा वकालत गर्न सो संस्थाको स्थापना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment