Comments Add Comment

कस्तो मित्रता ! ८ वर्षकी बालिकाको साथी ११ फुटको अजिंगर

काठमाडौं । दुनियामा हामीले मान्छे मान्छेबीचका मात्र होइन मान्छे र जीवजन्तुबीच घनिष्ट मित्रताका अनेक कथाहरु सुन्ने र पढ्ने गर्दछौँ । कतिपय पत्याउनै नसकिने कथाहरु किम्बदन्तीका रुपमा जनश्रुती र किताबहरुमा समेत सुन्न तथा पढ्न पाइन्छ । तर इजरायलमा चाहिँ एकजना ८ वर्षकी बालिकाले डरलाग्दो अजिंगरसँग अनौठो मित्रता कायम गरेको यथार्थ नै हो ।

इनबर नामकी ती बालिकाको सबैभन्दा मिल्ने साथी भनेकै घरमा पालिएको अजिंगर हो । अरुलाई देख्दै डरलाग्दो त्यो अजिंगर उनीसँगै पौडी खेल्ने साथी पनि हो । यी दुई स्विमिङ पुलमा सधैं सँगै हुन्छन् ।

पहेँलो रंगको उक्त अजिंगरको लम्बाइ ११ फुट छ । त्यसको नाम बेल्ले हो । धेरै बच्चाहरु सर्प त परै जाओस् छेपारो तथा माउसुली देखेर समेत डराउँछन् । तर इनबरचाहिँ अजिंगरसँगै बस्छिन्, अंकमाल गर्छिन्, काँधमा राख्छिन् र लुटुपुटु गर्छिन् ।

रोयटर्सका अनुसार इनबर आफ्ना बुवा–आमासँगै दक्षिण इजरायलको एक कृषि समुदायको जनावर पार्कमा अवस्थित घरमा बस्दछिन् । सानैदेखि उनलाई घरपालुवा जनावर निकै मन पर्दथे । इनबर र बेल्लै सानै उमेरदेखि सँगै हुर्किएका हुन् । अहिले दुवै अलिक ठूला भैसकेका छन् । समयक्रमसँगै उनीहरुको मित्रता पनि गाढा बन्दै गएको इनबरकी आमा बताउँछिन् ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment