
२६ असोज, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । देवदह नगरपालिका–१० का ७९ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो ।
असोज १९ गते कोरोना संक्रमण पुष्टि भएका उनी २० गते अस्पताल भर्ना भएका थिए । भेन्टिलेटरको सहायतामा उपचार भइरहेकोमा सोमबार बिहान साढे ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
डा. गौतमका अनुसार संक्रमित वृद्धको श्वास नलीमा समस्या थियो । उनी दम र उच्च रक्तचापको दीर्घरोगी पनि थिए ।
योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4