
२६ असोज, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १३ लाख नाघेको छ । रुसको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म रुसमा कोरोना संक्रमितको संख्या १३ लाख १२ हजार ३१० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोनाका १३ हजार ५९२ नयाँ संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा रुसमा अहिलेसम्मकै सबैभन्दा धेरै १३ हजार ६३४ नयाँ संक्रमित भेटिएका थिए ।
त्यस्तै रुसमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि २२ हजार ७२२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोनाबाट १२५ जनाको मृत्यु भएको हो । रुसमा कोरोनाको मृत्युदर भने तुलनात्मकरुपमा कम छ ।
कोरोना संक्रमितको आधारमा रुस सबैभन्दा धेरै प्रभावित चौथो मुलुक हो । अमेरिकामा ७७ लाखभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् भने भारतमा कोरोना संक्रमितको संख्या ७१ लाख नाघेको छ । त्यस्तै ब्राजिलमा पनि ५० लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
स्रोत : मस्को टाइम्स
प्रतिक्रिया 4